रकम फिर्ता पाउनेमा सबैभन्दा धेरै कान्तिपुर सहकारीका ५५ जना बचतकर्ता रहेका छन् । त्यस्तै शिव शिखर सहकारीका ३५ जना, तुलसी बहुउद्देश्यीय सहकारीका १३ जना र ओरिन्टल को-अपरेटिभका २ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सम्बन्धित निकायले सहकारीले प्रवाह गरेको ऋण असुलीबाट प्राप्त भएको रकमबाट नै पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको स्पष्ट पारेको छ। समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई तीव्र बनाएर क्रमशः सबै बचतकर्ताको रकम फिर्ता गरिने सरकारको भनाइ छ।