अछाम — पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतको पहिलो साङ्गीतिक कोसेलीका रूपमा देउडा गीत 'चाडवाडको बेला बहिनी शीत कुरा गर्दा गाउँघर सम्झेर भावुक भए प्रदेशी दाजु' सार्वजनिक भएको छ।
दुर दर्पण स्टुडियोको प्रस्तुतिमा तयार पारिएको उक्त लाइभ देउडा गीत बुधबार (१५ अक्टोबर २०२६) मा दुर दर्पण युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्द रचना स्वयं रमेश रावतकै रहेको छ भने उनलाई स्वरमा चर्चित गायिका बिपना सिंहले साथ दिएकी छिन्। गीतमा प्रदेशमा रहेका दाजु र गाउँघरमा रहेकी बहिनीबीच चाडपर्वको बेला हुने मार्मिक संवादलाई प्रस्तुत गरिएको छ।
गीतको कोरस टिममा कल्पना मल्ल, फुलमाया शाही, सुबिन हमाल र समर्पण सेन्चुरी रहेका छन्।
संगीत संयोजनतर्फ मादलमा प्रदिप अधिकारी, चन्द्र खड्का र टिकाराम तिवारी, सारंगीमा रामु एसके, किबोर्डमा अंगत कार्की, बाँसुरीमा दिनेश घर्ती, ढोलकमा मिलन सेन्चुरी र अक्टोप्याडमा सचित खनाल रहेका छन्।
भिडियोलाई हरिश धितालले निर्देशन गरेका हुन् भने कलर/एडिटिङ सुबिन हमालले गरेका छन्। अडियो/भिडियो दुर दर्पण स्टुडियोले तयार पारेको हो।
पत्रकारितासँगै साहित्य र कलामा रुचि राख्ने रावतले पहिलो पटक आफ्नै शब्द र स्वरमा देउडा गीत बजारमा ल्याएका हुन्। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।