● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

भोटेकोशी बाढी पीडितका लागि अनलाइनबाटै क्षति विवरण बुझाउँन सकिने

• September 26, 2026
काठमाडौं - ल्हेन्दे खोलामा आएको बाढीले रसुवा क्षेत्रमा पुर्‍याएको नोक्सानीको लगत प्रहरीले विद्युतीय माध्यमबाट लिन थालेको छ ।

भदौ १० गते चीनको भूभागबाट सुरु भएको बाढी भोटेकोशी हुँदै नेपाल प्रवेश गर्दा ठूलो मात्रामा सवारी साधन र निजी सम्पत्तिमा क्षति पुगेको थियो । बाढीपछि बाटोघाटो बिग्रिएको र मौसम अझै अनुकूल नभएकाले पीडित आफै प्रहरी कार्यालयसम्म आउन नसक्ने भएपछि अनलाइन फारमको विकल्प दिइएको हो ।
जिल्ला प्रहरी कार्यालयहरु रसुवा, नुवाकोट र धादिङले घरबाटै फारम भर्न मिल्ने गरी व्यवस्था गरेका छन् । पीडितले QR कोड स्क्यान गरेर वा इन्टरनेट लिंक खोलेर आफ्नो विवरण पठाउन सक्नेछन् ।

रसुवाको हकमा प्रहरीले दुई प्रकारको फारम बनाएको छ । एउटा सवारी साधनको नोक्सानीका लागि र अर्को घर, पसल, व्यवसाय, जग्गा तथा निर्माणाधीन आयोजनाहरुको क्षतिका लागि हो । अन्य जानकारी चाहिएमा रसुवा प्रहरीको ९८५१२५४९६० र ९८५१२७६०९८ नम्बरमा बुझ्न सकिनेछ ।

त्यस्तै नुवाकोट प्रहरीले हराएका र बिग्रिएका गाडीहरुको पहिचानका लागि अनलाइन विवरण मागेको छ । यसका लागि सूचना अधिकारीको ९८५१२८२३८० नम्बरमा सम्पर्क गर्न भनिएको छ ।

धादिङ प्रहरीले पनि सवारी क्षतिको विवरण अनलाइन लिन थालेको छ । थप सोधपुछका लागि ९८५१२२९८६० मा फोन गर्न आग्रह गरिएको छ ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »