विनायक, अछाम -
पञ्चदेवल विनायक नगरपालिकाले बीच बजार क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतिको कामलाई लिएर एक अत्यन्त जरुरी सूचना जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, विनायक, अछामबाट मिति २०८३/०६/१२ मा प्रकाशित सूचना (पत्र संख्या : ०८३/०८४) अनुसार बीच बजार क्षेत्रमा सडकलाई व्यवस्थित, सुरक्षित तथा मापदण्ड अनुसार विस्तार/स्तरोन्नति गर्ने कार्य सञ्चालन भइरहेको छ।
सोही कार्यका कारण सडकको स्वीकृत क्षेत्राधिकार (Right of Way) भित्र पर्ने घर, टहरा, पर्खाल, छज्जा तथा अन्य संरचनाहरु सम्बन्धित घरधनी / संरचना धनीले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्नै जिम्मेवारीमा हटाई / भत्काई सडक क्षेत्र खाली गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ।
सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ।
सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश न्यौपानेको हस्ताक्षर रहेको छ।
नगरपालिकाको भनाई : "हाम्रो रहर सुन्दर, सभ्य, समृद्ध नगर"