● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

देउडा गीतको धमाका: ‘ए आयुषकी माए भाग-२ आधा घरवाली’ ट्रेन्डिङ १ मा

• October 02, 2026
काठमाडौं - पछिल्लो समय नेपाली लोक दोहोरी र सुदूरपश्चिमको मौलिक देउडा गीतले युट्युबमा एकछत्र राज गरिरहेको बेला गायक तारा भण्डारी र गायिका गौरी भट्टको नयाँ गीतले धमाका मच्चाएको छ।

गत सेप्टेम्बर २८, २०२६ मा सार्वजनिक भएको ‘ए आयुषकी माँए - भाग २ आधा घरवाली’ बोलको देउडा गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङ १ (Trending 1) मा पर्न सफल भएको छ।
हामीलाई प्राप्त विवरण अनुसार समाचार तयार पार्दासम्म उक्त गीतले ४ लाख २ हजार ३ सय २२ भ्यूज र २५ हजार लाइक प्राप्त गरिसकेको छ।

पहिलो भाग ‘ए आयुषकी माँए’ ले पाएको अपार माया र दर्शकको माग अनुसार नै कलाकारले दोस्रो भाग लिएर आएका हुन्। आधा घरवालीको कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको गीतमा माया, बिछोड र पारिवारिक भावनालाई समेटिएको छ।

गीतको विवरण:
गीत: ए आयुषकी माँए भाग २ - आधा घरवाली
स्वर: तारा भण्डारी र गौरी भट्ट
शब्द / संगीत: तारा भण्डारी
विधा: नेपाली लोक देउडा

तारा भण्डारी पछिल्लो समय देउडा संगीतमा निकै सक्रिय नाम हो। उनकै शब्द, संगीत र गौरी भट्टसँगको सुमधुर स्वरको संयोजनले गीतलाई अझै जीवन्त बनाएको छ।

अहिले टिकटक, फेसबुक रिल्स र युट्युब सर्टसमा ‘आधा घरवाली’ बोल प्रयोग गरेर हजारौं भिडियोहरु बनिरहेका छन्। यसले सुदूरपश्चिमेली देउडा गीतको लोकप्रियता देशभर फैलिएको प्रमाणित गर्छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »