नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुख जोशी समक्ष शपथ लिएका हुन्।
संवैधानिक व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हुन्।
मंगलबहादुर शाही गत १३ साउनमा कर्णालीको पाँचौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए। नियुक्त भएको दुई महिनापछि उनले सरकारको प्रमुख कानुनी सल्लाहकार नियुक्त गरेका हुन्।
यद्यपी प्रदेश सरकारले हालसम्म प्रदेश योजना आयोगको उपाध्यक्ष तथा सदस्यहरु भने नियुक्त गर्न सकेको छैन।