● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

बुढीगण्डकीमा आकस्मिक बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, सेनाको क्विक रेस्पोन्स टिम परिचालन

• October 11, 2026
काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछिको खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन भएको छ । पहिरोको जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको छ । प्रधानमन्त्री शाहका अनुसार काठमाडौंमा रहेको 'कम्पोजिट क्विक रेस्पोन्स टिम' समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज (आइतबार) बिहान करिब ४:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढी आएको थियो। बाढीको खबरपछि सेनाका दुवै टोलीले प्रभावित क्षेत्रको 'रेकी' तथा अवलोकन गर्नुका साथै जगत गाउँबाट ६ जनाको हवाई उद्धार गरेका हुन्। सेनाको टोलीले नदी तटीय तथा आसपासका बासिन्दालाई सुरक्षित स्थान र उच्च भूभागमा जान आग्रह गरिरहेको छ ।

बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै न्याक्चेत–फिलिम बजार जोड्ने पुलसमेत बाढीले बगाएको छ। बाढीमा परी ४ जना बेपत्ता भएको र खोजी कार्य जारी रहेको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, तनहुँ, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका नदी तटीय बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट समयमै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। गृहमन्त्रीले पनि सिर्दिवास, जगत, सल्लेरी, खोलाबेसी, माछीखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान अपिल गरेका छन्।

प्रधानमन्त्री शाहले बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको जानकारी दिँदै आवश्यक सहयोगका लागि आपत्कालीन नम्बरहरू पनि सार्वजनिक गरेका छन् ।

आपत्कालीन नम्बरहरू :
एम्बुलेन्स : १०२
DEOC : १२३४
जिल्ला प्रहरी कार्यालय गोरखा : ९८५६०६११९०
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७८
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »