डोटी, २५ असोज – डोटी जिल्ला पूर्वी चौकी गाउँपालिका वडा नं. ३ निवासी अशा बि.क.को हिजो राति करिब १० बजे भारतको बरौलीमा मृत्यु भएको छ। उनी १८-१९ वर्षकी थिइन्।
प्रारम्भिक जानकारी अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेको भन्ने बुझिएको छ। उनी आफ्ना श्रीमानसँगै बरौलीमा काम गर्दै आएकी थिइन्।
घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ। यसबारे थप अनुसन्धान र आधिकारिक पुष्टि हुन आवश्यक देखिन्छ।
उनको असामयिक निधनले परिवार तथा आफन्तजनमा गहिरो शोक परेको छ।