● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

रास्वपाबाट पञ्चदेवल विनायक नगरपालिकाको मेयर पदका लागि जिल्ला उपसभापति टंक धामीको दाबेदारी

• October 17, 2026
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अछाम जिल्ला उपसभापति टंक धामीले पञ्चदेवल विनायक नगरपालिकाको मेयर पदका लागि दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीले उम्मेदवार छनोटका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ प्रक्रियाअन्तर्गत उनले नगरको नेतृत्वका लागि आफ्नो दाबी पेस गरेका हुन् ।
शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय पहिचान बनाएका धामी पञ्चदेवल क्याम्पस विनायकका पूर्वप्रशासकीय अधिकृत हुन् । उनी हाल क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् । शिक्षा क्षेत्रको लामो अनुभवसँगै सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका धामी पछिल्लो समय राजनीतिमा समेत सक्रिय देखिएका छन् ।

रास्वपाको जिल्ला उपसभापतिको भूमिकामा रहेका उनले अछाम निर्वाचन क्षेत्र नम्बर २ मा पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा आबद्ध गराउनेदेखि संगठनलाई वडास्तरसम्म विस्तार गर्ने अभियानमा उनको सक्रियता देखिँदै आएको छ ।

शैक्षिक क्षेत्रको अनुभव, सामाजिक सेवामा संलग्नता र पार्टी संगठन निर्माणमा खेलेको भूमिकालाई आधार बनाउँदै धामीले पञ्चदेवल विनायकको नेतृत्वमा दाबी गरेका हुन् ।

रास्वपाले अघि सारेको क्यान्डिडेट क्लब प्रक्रियाले स्थानीय तहमा नेतृत्व गर्न चाहने आकाङ्क्षीहरूलाई आफ्नो दाबी प्रस्तुत गर्ने अवसर दिएको छ । यसै प्रक्रियामार्फत धामीको नाम चर्चामा आएपछि पञ्चदेवल विनायकको सम्भावित मेयर उम्मेदवारका रूपमा उनको चर्चा सुरु भएको छ ।

अब पार्टीको निर्धारित छनोट प्रक्रिया र मूल्याङ्कनपछि उम्मेदवारको अन्तिम टुङ्गो लाग्नेछ ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »