कोहलपुर / मिति २०८३/०६/१७ गते कोहलपुर न.पा.-११ रेडक्रस रोड स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी बिरामीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, पीडितले दिएको करणी सम्बन्धी जाहेरीको आधारमा सोही वडामा बस्ने वर्ष ६३ का गणेश बहादुर थापालाई नियन्त्रणमा लिइएको हो। उनले इलाज गर्ने आधिकारिक इजाजत नलिई, CMA प्रमाणपत्रको भरमा मात्र क्लिनिक चलाएको र Nepal Medical Council को आचारसंहिता २०१७ विपरीत काम गरेको खुलेको छ।
पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।