● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि पाइने

• October 28, 2026
काठमाडौं । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो।

कसले पाउँछन् सुविधा?

नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा अन्य कारणले नष्ट भएको, च्यातिएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा उपयोग गर्न सक्नेछन्।

गृह मन्त्रालयले कात्तिक ९ गते जारी गरेको परिपत्रका आधारमा उपत्यकामा सेवाग्राहीको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको हो।

कुन प्रदेशकालाई कहाँबाट?

नयाँ व्यवस्थाअनुसार:

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय, काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट सेवा लिन सक्नेछन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय, ललितपुर वा त्यसअन्तर्गतका कार्यालयबाट सेवा पाउनेछन्।
कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट प्रतिलिपि लिन सक्नेछन्।

सर्त के छ?

निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग हुबहु मिलेमा मात्र उपत्यकाबाट प्रतिलिपि जारी गरिनेछ।

तर अभिलेख नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा तथा पहिलो दृष्टिमै नागरिकता शंकास्पद देखिएमा भने साविकमा नागरिकता लिएकै जिल्लामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ। यो सूचना प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी गरिएको हो।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »