काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ रोजेको सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन जोड्यो।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पोखरालाई ब्याटिङका लागि बोलाएका थिए।
पोखराको इनिङ्समा सुरुवात राम्रो हुन सकेन। ओपनर दिनेश खरेल ४ रन बनाएर हेमन्त धामीको बलमा आउट हुँदै पहिलो विकेट गुमाएको पोखराले नियमित अन्तरमा विकेट गुमाइरह्यो।
मध्यक्रममा दबाबमा देखिएको पोखराले ११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७८ रन मात्र बनाएको थियो। यसै क्रममा सकिब अल हसन १४ रन बनाएर आउट भएका थिए।
अब सुदूरपश्चिम रोयल्स जवाफी ब्याटिङमा उत्रिँदै छ।