● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

रुसमा रहेका अछामका युवा समाजसेवी खगेन्द्र धामी सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

• October 31, 2026
धनगढी, १४ कात्तिक : अछाम स्थायी घर भई हाल रोजगारी र बसोबासका सिलसिलामा रुसमा रहेका युवा समाजसेवी खगेन्द्र धामी सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

शनिबार धनगढीमा सम्पन्न समाजको चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनबाट धामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा निर्विरोध चयन भएका हुन्।
प्रवासमा रहेर पनि जन्मभूमि अछामसँगको नाता र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएका धामी रुसमा रहेर व्यक्तिगत तथा व्यावसायिक जीवन अघि बढाइरहेका छन्। उनले विशेष गरी आर्थिक अभावमा परेका, समस्यामा परेका तथा अप्ठ्यारो परिस्थितिमा रहेका अछामी युवाहरूलाई सक्दो सहयोग गर्दै आएका छन्। उनको यही निरन्तरको सामाजिक सक्रियताले उनलाई जिल्लामा परिचित बनाएको छ।

विदेशमा रहेर पनि गाउँठाउँ र जिल्लावासीको सुखदुःखमा जोडिइरहने भावनाका कारण उनको निर्विरोध चयनलाई सामाजिक क्षेत्रमा गरेको योगदानको कदर र थप जिम्मेवारीका रूपमा हेरिएको छ।

नवनिर्वाचित सदस्य धामीले प्रवासमा रहेका सुदूरपश्चिमेली नेपालीहरूका समस्या, पीडा र आवश्यकतालाई संस्थागत रूपमा उठाउने तथा जन्मभूमि अछामसहित समग्र सुदूरपश्चिमको शिक्षा, संस्कृति र सामाजिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त महाधिवेशनबाट धर्मराज पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा उमेश जोशी, उपाध्यक्षहरूमा विनोद चन्द र दिल्लीराज पनेरु, महासचिवमा डम्मरबहादुर खड्का चयन भएका छन्।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »