● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

रास्वपाले खुलायो 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन

• October 15, 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन खुला गरेको छ।

पार्टीले आजदेखि आवेदन खुला गरिएको जानकारी दिँदै स्थानीय तहको निर्वाचनमा नेतृत्व लिन इच्छुक योग्य नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो। यस अन्तर्गत इच्छुक व्यक्तिहरूले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी दिन आवेदन दिन सक्नेछन्।
एपमार्फत आवेदन
इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन सक्नेछन्। पार्टीले यसअघि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका आकांक्षीका लागि आवेदन खुला गरिसकेको थियो।

क्लबबिना टिकट नपाइने
रास्वपा सभापति रवि लामिछाने ले 'क्यान्डिडेट क्लब'मा सहभागी नभएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार नबनाइने स्पष्ट पार्नुभएको छ।

उहाँका अनुसार लामो समयदेखि पार्टीमा रहेर योगदान गरेका नेता–कार्यकर्तालाई उम्मेदवारीमा प्राथमिकता दिइने भए पनि नयाँ तथा क्षमतावान व्यक्तिका लागि पनि ढोका खुला राखिनेछ। साथै, यसअघि कसैलाई टिकट दिने भन्दै दिइएका सबै आश्वासन खारेज भएको उहाँले बताउनुभयो।

"क्यान्डिडेट क्लबबिना कोही पनि उम्मेदवार बन्न सक्नुहुन्न," लामिछानेले भन्नुभयो।

पार्टीले योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यसहित 'क्यान्डिडेट क्लब' अवधारणा अघि सारेको हो। स्थानीय तहमा सक्षम, योग्य र पारदर्शी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित यो कदम चालिएको पार्टीले जनाएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »