साँफेबगर, अछाम – बयालपाटा प्रादेशिक अस्पताल, साँफेबगर–७, अछाममा राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बयालपाटाद्वारा एटीएम सेवा सञ्चालनमा ल्याइएको छ।
अस्पताल परिसरमा एटीएम सेवा सुरु भएसँगै अस्पतालमा उपचारका लागि आउने सेवाग्राही, अस्पतालका कर्मचारी तथा स्थानीय नागरिकहरूलाई बैंकिङ कारोबारमा सहजता हुने विश्वास लिइएको छ।
यसअघि नगद झिक्न तथा बैंकिङ कारोबारका लागि टाढा जानुपर्ने बाध्यता रहेकामा अब अस्पताल परिसरमै एटीएम सुविधा उपलब्ध भएपछि बिरामीका आफन्त तथा सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासन र बैंक शाखाले यस सेवाले स्वास्थ्य सेवा प्रवाहसँगै वित्तीय पहुँचलाई थप सरल बनाउने जनाएका छन्।