● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

जीबी राईको विज्ञप्ति : ‘सहकारी रकममा रवि र छविलाई जोड्नु उचित होइन, जिम्मेवारी मेरो’

• October 17, 2026
Llकाठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थानबाट विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई प्रकरणमा जोड्नु उचित नभएको दाबी गरेका छन्।
विज्ञप्तिमा राईले गोर्खा मिडिया नेटवर्क मा सहकारीबाट गएको रकमको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। ‘गोर्खा मिडिया नेटवर्क मेरो हो, सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन। समाधानको जिम्मेवारी पनि मेरो हो,’ उनले भनेका छन्।

के भने राईले?

• आफूलाई पक्राउ गर्नु मात्र बचतकर्ताको रकम फिर्ता गर्ने समाधान नभएको टिप्पणी।
• ग्यालेक्सी टेलिभिजन लगायत कम्पनीमा सहकारीको रकम लगानी भएको स्वीकार, तर अपेक्षित प्रतिफल नआएको दाबी।
• कोभिड-१९ पछिको आर्थिक मन्दी र रुस-युक्रेन युद्धका कारण ऋण असुली प्रभावित भएको जिकिर।
• कर्मचारी वा अन्य व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम तथा कागजात दुरुपयोग भएको हुन सक्ने भन्दै अरूलाई अनावश्यक रूपमा नजोड्न आग्रह।

राईले आफू कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको बताउँदै सरकारलाई आफूलाई खोज्न शक्ति परिचालन गर्नुभन्दा बचतकर्ताको रकम फिर्ता गर्ने उपायमा केन्द्रित हुन आग्रह गरेका छन्।

फर्कन तयार भएको दाबी

‘म जीवनभर लुकेर भागेर हिँड्न चाहन्नँ’ भन्ने आशय व्यक्त गर्दै उनले सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन्। साथीभाइ, आफन्त र शुभेच्छुकको सहयोगमा केही जग्गाजमिन व्यवस्थापन गरिएको र आवश्यक परे ती सम्पत्ति प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

आर्थिक मुद्दामा फरार रहेकालाई थुन्नुभन्दा समस्या समाधान गर्ने योजना ल्याए आफूजस्ता अन्य व्यक्ति पनि स्वदेश फर्किन इच्छुक हुने उनको दाबी छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »