गोरखा - बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा फसेका ४९ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको छ। 🙏🏼
दिउँसो ३ बजेसम्मको विवरण अनुसार सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार जारी राखेको हो। यसअघि बिहान जगतबाट ६ जनाको हवाई उद्धारसँगै सुरु भएको उद्धार अभियानमा न्याकफेदी, यारु र पायुँलगायतका क्षेत्रबाट फसेकाहरूलाई निकालिएको थियो।
हिमपहिरो र गेग्रानले नदी थुनिएर खुल्दा आएको लेदोसहितको बाढीले आरुघाट बजार जलमग्न पारेको छ भने धादिङ-गोरखा जोड्ने पुल बगाएको छ।
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्रभावित क्षेत्रमा परिचालन छ भने थप फसेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।