नयाँ दिल्ली, १० अक्टोबर २०२६
आज दिल्लीको जन्तर-मन्तरमा हुन लागेको Cockroach Janta Party (CJP) को प्रदर्शन अगावै चर्चित भारतीय YouTuber Dhruv Rathee लाई दिल्ली पुलिसले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुका अनुसार राठी लाई उनको गुरुग्रामस्थित निवासबाट हिरासतमा लिइएको हो । उनी सेक्टर ५६, गुरुग्राममा रहेको आफ्नो निवासमा रहेका बेला शनिबार बिहान दिल्ली पुलिसले नियन्त्रणमा लिएको बताइएको छ ।
के हो घटना?
CJP ले आज जन्तर-मन्तरमा मुख्य निर्वाचन आयुक्त Gyanesh Kumar को राजीनामा माग गर्दै प्रदर्शनको आह्वान गरेको थियो। प्रदर्शनको लागि दिल्ली पुलिसले अनुमति नदिएको र सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
स्रोतका अनुसार लगभग ५० जना प्रहरी कर्मचारी बिहान ७:४८ बजेको आसपास सिभिल पोशाकमा उनको घरमा पुगेर उनलाई हिरासतमा लिएका थिए।
Dhruv Rathee शुक्रबार साँझ X मा भिडियो पोस्ट गरेर शनिबारको प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए र यसै हप्ता जर्मनीबाट भारत आएर अक्टोबर ८ मा बेंगलुरुमा भएको CJP को प्रदर्शनमा पनि सहभागी भएका थिए।
अन्य हिरासत
राठीसँगै CJP का कानुनी विभाग प्रमुख Ratna Singh लाई पनि उनको दिल्लीस्थित निवासबाट नियन्त्रणमा लिइएको रिपोर्टहरुमा उल्लेख छ। जन्तर-मन्तर क्षेत्रमा अहिलेसम्म १५० भन्दा बढी प्रदर्शनकारीहरुलाई हिरासतमा लिइएको बताइएको छ।
CJP ले आफ्नो आधिकारिक X ह्यान्डलबाट पनि राठी हिरासतमा परेको दाबी गर्दै सरकार युवाहरुसँग डराएको आरोप लगाएको छ।
यस विषयमा दिल्ली पुलिसको आधिकारिक विज्ञप्ति आउन बाँकी छ। थप विवरण आउनासाथ अपडेट गरिनेछ।