दुबई / ताबुक - दुबईबाट तेल अभिभतर्फ उडिरहेको FlyDubai को उडान FZ1073 मंगलबार बिहान आकाशमै रक्ताम्य अखडा बन्यो। ३४ हजार फिट माथि ककपिटभित्र भएको झडपका कारण विमान ३० सेकेन्डमै झण्डै १४ हजार फिट तल झरेको थियो।
घटनाक्रम:
फ्लाइट ट्र्याकिङ डाटा अनुसार FlyDubai को Boeing 737-8 MAX विमान FZ1073 मा १७४ जना सवार थिए। उडानको केही समयपछि ककपिटभित्र सह-पाइलटले भारतीय क्याप्टेन स्मित मच्छार माथि धारिलो हतियार प्रहार गरेको बताइएको छ।
आक्रमण लगत्तै विमानले नियन्त्रण गुमायो र २९ सेकेन्डमा ३०,८७५ फिटबाट १६,७५० फिटमा झरेको थियो। विमानले पहिले इमर्जेन्सी कोड 7700 र त्यसको केही मिनेटमा हाईज्याक कोड 7500 बजाएको Flightradar24 लाई उद्धृत गर्दै Al Jazeera ले जनाएको छ।
कसरी जोगियो १७४ जनाको ज्यान?
गम्भीर घाइते र रगतले लतपतिएको अवस्थामा पनि क्याप्टेन मच्छारले ककपिटको इलेक्ट्रोनिक ढोकाको लक खोले। यही कदमले ठूलो दुर्घटना टर्यो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने - "गम्भीर घाइते हुँदा हुँदै पनि उनले प्रतिरोध गरे, ढोका खोले र यात्रु/क्रुलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सक्षम बनाए - जसले भयानक दुर्घटना टर्यो।"
ढोका खुल्नासाथ केबिनमा रहेका यात्रु र क्रु भित्र पसे। यात्रु Zvika Meness का अनुसार - "हामीले उसलाई उसकै zip ties र हेडफोनले बाँधेर थुत्यौं"।
संयोगवश सोही विमानमा FlyDubai कै दुई अफ-ड्युटी पाइलट यात्रुका रुपमा थिए। उनीहरूले कमान्ड सम्हालेर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराए।
यात्रुको बयान:
एक यात्रु Peleg Itali ले BBC सँग भने - "विमान एक्कासि रोलरकोस्टर जस्तै तल झर्यो, ठूलो G-force महसुस भयो।"
आधिकारिक प्रतिक्रिया:
• FlyDubai: "फ्लाइट डेकमा झडप (altercation) भएको थियो" भन्दै अनुसन्धान जारी रहेको जनाएको छ।
• साउदी अधिकारी: आक्रमणकारी सह-पाइलट हिरासतमा छन्, दुवै पाइलट घाइते छन्।
• PM नरेन्द्र मोदी: "गम्भीर खतराको सामना गर्दै पनि उनले अपार साहस देखाए, सयौं ज्यान जोगाए। भारतलाई क्याप्टेन मच्छार प्रति गर्व छ।"
• क्याप्टेन मच्छार: हाल ताबुकको अस्पतालमा उपचाररत छन्, अवस्था स्थिर रहेको भारतीय दूतावासले जनाएको छ।
यो घटना २०१५ को Germanwings 9525 दुर्घटनापछि पाइलटको मानसिक स्वास्थ्य र ककपिट सुरक्षामा फेरि ठूलो प्रश्न उठाउने घटना बनेको छ। विज्ञहरूका अनुसार ककपिट भित्रकै पाइलट हिंस्रक बन्दा रोक्ने प्रणाली अहिलेसम्म बनेको छैन।