नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल Fonepay ले आफ्नो वार्षिक कार्यक्रम ‘Fonepay Awards 2083’ को पहिलो संस्करण आयोजना गर्दै डिजिटल भुक्तानीलाई थप सहज र समावेशी बनाउने ४ नयाँ सेवा सार्वजनिक गरेको छ।
काठमाडौंको द सोल्टीमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंक, ४०० भन्दा बढी बैंक तथा वित्तीय संस्था, फिनटेक, व्यापारी, प्रविधि साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथि थिए।
४ नयाँ सेवा के हुन्?
१. Talk to Pay: प्रयोगकर्ताले टाइप गर्नुको सट्टा आवाजमा आधारित निर्देशन दिएर भुक्तानी सुरु गर्न र कारोबार सम्पन्न गर्न सक्ने सुविधा। यसले भ्वाइस-फर्स्ट प्रयोगकर्ताका लागि पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
२. AutoPay (अटोपे बाइ फोनपे): नियमित र दोहोरिने भुक्तानी स्वचालित रुपमा व्यवस्थापन गर्ने सुविधा। युटिलिटी बिल, सदस्यता शुल्क र नियमित रकम स्थानान्तरणमा म्यानुअल प्रक्रिया हटाउनेछ।
३. Fonepay Circle: समूहमा हुने खर्च व्यवस्थापन र रकम बाँडफाँटलाई सहज बनाउने सुविधा। Fonepay एपमा यसलाई "Hang out, split bills, settle up" को रुपमा व्याख्या गरिएको छ, जसले पिज्जा नाइट, ट्रिप, घरभाडा जस्ता साझा खर्चलाई क्यास-फ्री र ड्रामा-फ्री बनाउँछ। परिवार, व्यवसाय र समुदायमा सामूहिक भुक्तानी व्यवस्थित हुनेछ।
४. FoneBiz (Fonepay Business को रिब्रान्ड): पुरानो Fonepay Business App लाई पुनः ब्रान्डिङ गरेर ल्याइएको व्यावसायिक समाधान प्लेटफर्म। यसबाट व्यवसायीले:
- ग्राहक भुक्तानीको अभिलेख राख्न,
- कर्मचारीको तलब र विक्रेतालाई भुक्तानी गर्न,
- विस्तृत व्यावसायिक प्रतिवेदन हेर्न,
- व्यावसायिक कर्जाका लागि आवेदन दिन र लोयल्टी कार्यक्रममा सहभागी हुन सक्नेछन्।
FoneBiz का मुख्य फिचरमा Payroll management, Vendor payments, Bill payments, Transaction management, Analytics and reports, 256-bit SSL encryption र multi-level authorization जस्ता इन्टरप्राइज सुरक्षा समावेश छन्। पुराना मर्चेन्ट प्रयोगकर्ताले आफ्नै Login ID बाटै चलाउन सक्छन्।
Fonepay Honors 2083 - ७ विधामा २५ अवार्ड
कार्यक्रममा सात विधाअन्तर्गत कुल २५ अवार्ड प्रदान गरिएको थियो।
१. Fonepay QR विधा (९ अवार्ड)
- सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (जारीकर्ता) - ग्लोबल आइएमई बैंक
- सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (अधिग्रहणकर्ता) - एनआईसी एशिया बैंक
- सर्वाधिक कारोबार गर्ने विकास बैंक (जारीकर्ता) - मुक्तिनाथ विकास बैंक
- सर्वाधिक कारोबार गर्ने विकास बैंक (अधिग्रहणकर्ता) - मुक्तिनाथ विकास बैंक
- सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (जारीकर्ता) - मञ्जुश्री फाइनान्स
- सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (अधिग्रहणकर्ता) - मञ्जुश्री फाइनान्स
- सर्वाधिक कारोबार गर्ने वालेट साझेदार (जारीकर्ता) - इसेवा
- सर्वाधिक कारोबार गर्ने वालेट साझेदार (अधिग्रहणकर्ता) - इसेवा
- सर्वाधिक सक्रिय व्यापारी आबद्ध गर्ने साझेदार - कुमारी बैंक
२. Fonepay Direct विधा (३ अवार्ड)
सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (जारीकर्ता) - ग्लोबल आइएमई बैंक
सर्वाधिक कारोबार गर्ने विकास बैंक (जारीकर्ता) - मुक्तिनाथ विकास बैंक
सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (जारीकर्ता) - मञ्जुश्री फाइनान्स
३. Fonepay Bills विधा (१ अवार्ड)
सर्वाधिक कारोबार गर्ने साझेदार (जारीकर्ता) - नबिल बैंक
४. सीमापार भुक्तानी विधा (२ अवार्ड)
सर्वाधिक सीमापार भुक्तानी कारोबार गर्ने साझेदार - इसेवा
सर्वाधिक सीमापार भुक्तानी रकमको कारोबार गर्ने साझेदार - इसेवा
५. Fonepay Credit Card विधा (४ अवार्ड)
सर्वाधिक क्रेडिट कार्ड जारी गर्ने वाणिज्य बैंक - लक्ष्मी सनराइज बैंक
सर्वाधिक जारी गर्ने विकास बैंक - गरिमा विकास बैंक
सर्वाधिक जारी गर्ने वित्त कम्पनी - मञ्जुश्री फाइनान्स
क्रेडिट कार्डबाट सर्वाधिक कारोबार गर्ने साझेदार (जारीकर्ता) - सिटिजन्स बैंक
६. व्यापारी विधा (२ अवार्ड)
सर्वाधिक QR भुक्तानी स्वीकार गर्ने व्यापारी - मेगा मार्ट प्रा.लि.
सर्वाधिक क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने व्यापारी - भाटभटेनी सुपरमार्केट
७. विशेष अवार्ड विधा (४ अवार्ड)
उच्च प्रभावकारी रणनीतिक सहकार्यका लागि - सिटिजन्स बैंक
उच्च प्रभावकारी ERP एकीकरणका लागि - आईएमएस सफ्टवेयर प्रा.लि.
वित्तीय प्रविधि प्रणाली विकासमा उत्कृष्ट योगदानका लागि - काठमाडौं फिनटेक
डिजिटल भुक्तानीमा उत्कृष्ट योगदानका लागि - भाटभटेनी सुपरमार्केट
समापनमा CEO दिवास कुमारले यो इकोसिस्टम लाखौं प्रयोगकर्ताको सामूहिक प्रयासबाट बनेको र सहकार्य, विश्वास र नवप्रवर्तनले नै भविष्य निर्धारण गर्ने बताए। Fonepay Awards लाई वार्षिक मञ्चको रुपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।