काठमाडौं: नेपाल प्रिमियर लिग (NPL) सिजन ३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। 😮🔥
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा मात्र ८७ रनमा समेटियो। ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
६१ बल बाँकी छँदै ७ विकेटको फराकिलो जित निकाल्दै लुम्बिनीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।