अछाम विनायक: बिनोद स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहने भएको छ।
आगामी २०८३ साल कार्तिक १८ गतेदेखि सुरु हुने प्रतियोगितामा गायक जनक कार्की, गायिका रेखा जोशी, सज्जन धामी र यशोदा देवकोटाले आफ्नो बेजोड प्रस्तुति दिनेछन्।
प्रतिष्ठानले खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनलाई विशेष प्राथमिकता दिएको जनाएको छ र सम्पूर्ण दर्शक तथा खेलप्रेमीहरूलाई कार्यक्रममा सहभागी भइदिन हार्दिक निमन्त्रणा गरेको छ।