अछाम, पञ्चदेवल - विनोद स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित ‘विनोद स्मृति कप भलिबल प्रतियोगिता’ को भव्य समापन समारोह यही कार्तिक २१ गते हुने भएको छ।
आयोजकका अनुसार समापन कार्यक्रम पञ्चदेवल क्याम्पसमा बिहान १० बजेदेखि सुरु हुनेछ। फाइनल खेलसँगै पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम समेत हुनेछ।
समापनको मुख्य आकर्षणमा ईब्सल संज्याल
यस वर्षको समापन समारोहको मुख्य आकर्षण ख्यातिप्राप्त देउडा गायिका ईब्सल संज्याल रहने छिन्। कालीकोटको पचालझरना-६ मा जन्मिएकी ईब्सल पछिल्लो समय कर्णालीको देउडा संगीतलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी छिन्।
विनोद स्मृति प्रतिष्ठानले सम्पूर्ण खेलप्रेमीहरूलाई समापन समारोहमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन हार्दिक आमन्त्रण गरेको छ।
कार्यक्रम विवरण:
कार्यक्रम: विनोद स्मृति कप समापन समारोह
मिति: कार्तिक २१ गते
समय: बिहान १० बजे
स्थान: पञ्चदेवल क्याम्पस
आयोजक: विनोद स्मृति प्रतिष्ठान