काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफको सम्पूर्ण विवरण सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्लेअफ नेपालमा हुने पुष्टि गरेको हो।
प्रतियोगिता आगामी ४ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म (मंसिर १९ देखि पुस ६ सम्म) नेपालमा हुनेछ।
यस प्लेअफमा ८ टोली सहभागी हुनेछन्। सबै टोलीले एक-अर्कासँग एक-एक पटक खेल्ने राउण्ड रोबिन ढाँचामा प्रतियोगिता हुनेछ। शीर्ष ४ टोलीले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकपका लागि हुने १० टोली सम्मिलित ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।
सहभागी ८ टोली:
नेपाल, इटली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र युएई
खेल हुने मैदान:
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर र माथिल्लो मुलपानी क्रिकेट मैदान
उद्घाटन खेल:
४ डिसेम्बरमा आयोजक नेपालले इटलीसँग त्रिभुवन विश्वविद्यालय मैदानमा खेल्नेछ। सोही दिन नामिबिया र युगान्डाले मुलपानीमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालका खेल तालिका:
४ डिसेम्बर – नेपाल vs इटली, कीर्तिपुर
६ डिसेम्बर – नेपाल vs युगान्डा, कीर्तिपुर
१० डिसेम्बर – नेपाल vs युएई, कीर्तिपुर
१२ डिसेम्बर – नेपाल vs जर्सी, कीर्तिपुर
१४ डिसेम्बर – नेपाल vs क्यानडा, कीर्तिपुर
१८ डिसेम्बर – नेपाल vs नामिबिया, कीर्तिपुर
२१ डिसेम्बर – नेपाल vs कुवेत, कीर्तिपुर
पूर्ण खेल तालिका:
५ डिसेम्बर – युएई vs जर्सी, कीर्तिपुर / कुवेत vs क्यानडा, मुलपानी
६ डिसेम्बर – इटली vs नामिबिया, मुलपानी
७ डिसेम्बर – कुवेत vs जर्सी, कीर्तिपुर / क्यानडा vs युएई, मुलपानी
९ डिसेम्बर – क्यानडा vs इटली, कीर्तिपुर / जर्सी vs युगान्डा, मुलपानी
१० डिसेम्बर – कुवेत vs नामिबिया, मुलपानी
१२ डिसेम्बर – नामिबिया vs क्यानडा, मुलपानी
१३ डिसेम्बर – युगान्डा vs कुवेत, कीर्तिपुर / युएई vs इटली, मुलपानी
१४ डिसेम्बर – जर्सी vs नामिबिया, मुलपानी
१५ डिसेम्बर – युगान्डा vs इटली, कीर्तिपुर / युएई vs कुवेत, मुलपानी
१७ डिसेम्बर – इटली vs कुवेत, कीर्तिपुर / जर्सी vs क्यानडा, मुलपानी
१८ डिसेम्बर – युगान्डा vs युएई, मुलपानी
२० डिसेम्बर – नामिबिया vs युएई, कीर्तिपुर / इटली vs जर्सी, मुलपानी
२१ डिसेम्बर – क्यानडा vs युगान्डा, मुलपानी
ग्लोबल क्वालिफायरमा यसअघि नै आयरल्याण्ड, वेस्ट इन्डिज, अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमानले स्थान पक्का गरिसकेका छन्। ग्लोबल क्वालिफायरको विजेताले सिधै विश्वकपको समूह चरणमा स्थान बनाउनेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले नयाँ सुपर सिरिज खेल्नेछन्।
सन् २०२७ को क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा २ अक्टोबरदेखि २१ नोभेम्बरसम्म हुनेछ। विश्वकपमा १४ टोलीले १२ मैदानमा ५७ खेल खेल्नेछ ।