● ताजा अपडेट
ताजा समाचार लोड हुँदैछ...
Advertisement

भीमफेदीमा काठमाडौंबाट सर्लाही जाँदै गरेको ईभी हाइस ५०० मिटर तल खस्दा १० जनाको मृत्यु, ५ घाइते

• November 12, 2026
मकवानपुर, बिहीबार — मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक विद्युतीय (ईभी) हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

दुर्घटना बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको हो। दुर्घटनामा परेको गाडीको नम्बर म.प्र. ०३–००१ ज ०८८० रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक रहेका छन्। मृतकमध्ये अधिकांश सर्लाहीका रहेको प्रारम्भिक विवरण छ, तर सबैको पूर्ण पहिचान खुल्न बाँकी छ।

घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादवको अवस्था सामान्य छ भने ३ वर्षीय सुदन यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उद्धार गरिएका ३ जना घाइतेलाई बिहान ७:४० बजे हेटौँडा अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी छ।

घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङका टोली उद्धारमा परिचालित भएका थिए।

दुर्घटनाको कारण र मृतक तथा घाइतेको थप पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
सोसल मिडियामा सेयर गर्नुहोस्:
विज्ञापन / Advertisement
Article Top Ad Slot (Google AdSense / Banner / Video - विज्ञापनको लागि क्लिक गर्नुहोस्)

राजनीति (Politics)

Loading Politics News...

खेलकुद र मनोरञ्जन (Sports and Entertainment)

Loading Sports...
प्रायोजित विज्ञापन / Advertisement
HOT ASN News Nepal मा तपाईंको व्यवसायको विज्ञापन गर्नुहोस्! यहाँ क्लिक गर्नुहोस् »